September 8th, 2010
रुपको गर्नू बर्णन के
रुपको गर्नू बर्णन के,तिमी त राम्री गुणमा पनि | हरदम उत्तम दरिन्छ्यौ,तुलना गर्दा जूनमा पनि | व्यवहारमा साह्रै असल,स्वादिलो सुवास कति-कति | तिमीमा जस्तो सुन्दरता, भेटिएला खै के सुनमा पनि | अहा! वाणी क्या मधुर छ, आत्मीयताको त खानी | तिमीमा जस्तो महानता, छैन कुनै विद्वानमा पनि | सामिप्य तिम्रो रापिलो, हँसिलो मुहार कति-कति | अब त बिन्ती हजुरलाई, आमन्त्रण छ जीवनमा पनि |
हामी दुई ले माया लाको हल्ला छ रे टोल टोल मा !!
हामी दुई ले माया लाको हल्ला छ रे टोल टोल मा !!
हाम्रो बारे भाको नभाको हल्ला छ रे टोल टोल मा !!
मेला पात, दाउरा घाँस ,गाइ गोठालो जाँदा खेरी,
भाका हाली दोहरी गाको ,हल्ला छ रे टोल टोल मा !
हाम्रो बारे भाको नभाको, हल्ला छ रे टोल टोल मा !!
चौतरो र ढुङे धारो, दोबाटो अनी चौबाटो मा ,
तिमीलाई भेट्न मैले धाको हल्ला छ रे टोल टोल मा !
हाम्रो बारे भाको नभाको हल्ला छ रे टोल टोल मा !! विस्तृतमा पढ्नुस् »
तिम्रै निम्ति
याद आउँदा कहिलेकाहीँ,भेट्न पाए पुग्छ | त्यही पनि गाह्रो भए , देख्न पाए पुग्छ | तिम्रो झल्को आउँदाखेरी जिन्दगीमा कहिलेकाहीँ | तिम्रै नाउँमा एउटा गजल लेख्न पाए पुग्छ | सधै रुन तयार छु म, खुशी तिमी हुन्छौ भने | हरकिसिमले तिम्रा कष्ट छेक्न पाए पुग्छ | समर्पण हो प्रेम भन्ने बुझेको छु मैले पनि | तिम्रै निम्ति आफ्नै गला रेट्न पाए पुग्छ |
September 7th
गजल
माफ गर मेरो कुराले चित्त दुखायो भने
भन्छन हास्दैंन मन दुख लुकायो भने
यो असारमा दिलैभरी खुसी रोप्थे नि
कसरि रोपिन्छ र खै मूलै सुकायो भने
भन्छन दुई सुतको डोरी बलियो हुन्छ
कसरी धान्छ जीवन पयो फुकायो भने
एउटा अतित मुटुभित्र कतै दुख्दो रहेछ
असलै हुन्थ्यो कसैले मूल्य चुकायो भने
लालहिरा फोर्न मन्थ्यो आटनै भएन रे
हाय! होला लाछी धेरै नजर झुकायो भने विस्तृतमा पढ्नुस् »
September 6th
जवानीका केही बिठ्याई सम्झनाहरु...
कैले मिलेर बर्खे खोलो तरेको याद आउछ साथी
कैले रिसाई कुस्तीबाजी लरेको याद आउछ साथी
रामे-श्यामे, च्यान्टे-भ्यान्टे तिमी हामी मिलेर
रोधीं बस्न तल्लो गाँउ झरेको याद आउछ साथी
रोधींघरमा भेट भई, त्यै सुन्तलीलाई गिज्याउदा
लजाएर अली छेउ छेउ सरेको याद आउछ साथी
पोको परी एकै ठाउँ जिस्कदै जिस्कदै नानाभाती
रातैभरी मीठामीठा गफ् गरेको याद आउछ साथी विस्तृतमा पढ्नुस् »
September 6th
गजल-सिमा नाग्यो
गजल-सिमा नाग्यो
हिजो राती उनको याद उर्लिएर सिमा नाग्यो
सपनिमा आइन मोरी मध्यरातमा निद्रा भाग्यो
एकै झल्को एकै बोली मुटु निरै गडे पछी
आँखा चिम्ली मन टोले तेइ मोरिकै माया लाग्यो
मुटु भरी उन्कै माया अन्त मन किन भुल्थ्यो
अरु सबै भुलाएर संगै जिउने चाह जाग्यो
बलेको त्यो उन्को रुप पुणिमाको चन्द्र जस्तै
देखे पछी तन मन आत्मा उन्कै माया माग्यो विस्तृतमा पढ्नुस् »
September 4th
साथ दिदैछु
अध्यारोमा लड्छौ की हात दिदैछु
समाइ अघि बड्छौ की साथ दिदैछु ।
तिस्णाको होईन यो, सम्झौताको रात दिदैछु
गाइदेउ सुस्त रागहरु, सुसेल्न पात दिदैछु ।
चुमेर नसक्ने ,अमृतको मात दिदैछु
एक पछिको ,अर्को दम खात दिदैछु ।
कोमलताको दलन यो, गाथ दिदैछु
अड्याउन स्तम्भ यो ,माथ दिदैछु ।
अध्यारोमै लडेर यो, हात दिदैछु
आमा भन्ने सन्तानको, जात दिदैछु
नाङगीने याम आयो
शरदको शितल दिन, चैत्र मासको घाम आयो
अध्यारोमा लठ्ठी फाल्यौ, अब त्यसको काम आयो ।
नाक मुख उस्तै हाउभाउ तिम्रै, अनुहारमा डाम आयो
बादी या प्रतीबादी के हुन्छौ, अक्षर बोकी खाम आयो ।
कोही भन्छन् राम लक्षण, देबताको धाम आयो
आय काम ब्यय बृदि ,तिम्रा लागि दाम आयो ।
स्विकार अब के हुन्छ र, तिम्रो एउटा थाम आयो
दुबो सरी फैलिएछन ,अर्को एउटा लाम आयो ।
एकान्तको क्रिडास्थल, मोजमस्तीको काम आयो विस्तृतमा पढ्नुस् »
नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल
अन्जान एक्लो दुनियामा जिएको छौ रे अचेल
नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल
कति दुख कति कस्ट पिडा कति खान्छौ तिमि
जीत अरुको पोल्टोमा,हार लिएको छौ रे अचेल
कति आँखा रोए तिम्रा आँसु पुछ्ने कोहि भएन
आँसु लिई हाँसो अरुलाई दिएको छौ रे अचेल
नजिक हुँदा टाढा भयेउ टाढा हुँदा झनै टाढा
दुर गएउ आफन्तलाई सम्झिएको छौ रे अचेल
घात अनि चोट माथि कति घाउ बढिरहे विस्तृतमा पढ्नुस् »
प्रेम आफैं मिठो छ कसैको साथ् खोज्नै पर्दैन एदी त्यो चोखो र निस्वार्थी माया हो भने
प्रेम गरि एक्लै चोट पाउनु पो त माया
एकोहोरो किन नहोस लाउनु पो त माया
एक्लै तड्प एक्लै रमाउ नबुझ्न्र्ले नबुझेनि
दुखाइको गीत हाँस्दै गाउनु पो त माया
दुइतर्फी भन्दा पनि एकोहोरो प्यार मिठो
सुन्दर घरको कल्पना छाउनु पो त माया
पर्खाइमा बाटो हेर्दै आँखा कति चंचल भए
एक नजर दर्शन गर्न धाउनु पो त माया
सुख मा त किन दिनु यसै खुसि हुन्छन भने
दुखको पलमा हात समाउनु पो त माया विस्तृतमा पढ्नुस् »