गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्वहरु

'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।

गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर

१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।

२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि 'वारम्वार आऊने' नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा 'वारम्वार आऊने' वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया

पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

साभार: एउटा बन्द खाम (ललिजन रावल)

आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको "प्र" आधारको "आ" बिचारको "बि" सरोकारको "सरो" र अवतारको "अव" ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।

आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु

साभार: पदम गौतम (एकलाशको फूल)

उपरोक्त गजलमा संसारको 'सं', जङ्घारको 'जङ्',वजारको'व'कारागारको 'कारा'ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।

(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर

रवि प्राञ्जल (उही बाढी उही भेल)

माथिको उदहरणमा 'सी','दी','री','गी','पी' आदि एकाक्षरी काफिया हुन् ।

'घ' मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि

मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं

तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचन वाणले नहिर्काउ यति सारो कठोर वनी

जव अलिकति शीतल अनुभूति गर्न थाल्छु
तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी

थोरै मात्र भए पनि खुला राख दिल साथी
दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी

आऊ यात्रा गर्न सिक मानवीय धरातलमा
के पाउँछौ कसैलाई फसाउने खाडल खनी

उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा
कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि

माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी

डा।घनश्याम परिश्रमी(जून चुहेको रात)

माथिको गजलमा काफिया बनेर आएका 'पनि','वबी','दन्दनी','हुन्छ नी', 'शनि','खनी' र 'महाधनी' मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।

१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ

(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।

जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ

डा.घनश्याम परिश्रमी(जून चुहेको रात)

उपरोक्त गजलमा रदिफको रुपमा केवल "छ" शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ

वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)

यो गजलमा प्रस्तुत रदिफ "जस्तो छ" दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।

(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:

निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ

मतला:

गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु
"तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी"

"धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्"

मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।

                          क्रमश ...

(हामी नियमित रुपमा बाँकी भागहरु पनि पस्किदै जानेछौ)

बिचार अनि शब्दहरुको बाग


बिचार अनि शब्दहरुको बाग नेपाली ग़ज़ल चौतारी लाई धरै धरै धन्यबाद नया सोच अनि नया श्रृजना आई राखोस|

(च) तखल्लुस (छ) वहर last ye 2


(च) तखल्लुस
(छ) वहर

last ye 2 ka barema pani janne utsukta thiyo

गजल साहित्यको सबैभन्दा कोमल र


गजल साहित्यको सबैभन्दा कोमल र रसयुक्त विधा हो यो website नया गजल र गजलकार को हित र सम्बर्धन को लागि लागेको छ यसै गरि आगामी दिनहरुमा पनि गजल र गजलकार को हित र सम्बर्धन मा लाग्नु हुनेछ भन्ने आशा राखेको छु धन्येवाद

THANKS for creating the


THANKS for creating the useful site

waiting for the rest


waiting for the rest information...pls complete this...

गजल सम्बन्धी धेरै कुराहरु


गजल सम्बन्धी धेरै कुराहरु जान्ने मौका पाएँ। खुशी लाग्यो,धन्यवाद। मेरो आफ्नो गजल यस साईटमा प्रकाशित गर्न कुन ठेगानामा पठाउनु पर्छ वा के गर्नु पर्छ?

आफ्नो गजल प्रकाशनको लागि यो


आफ्नो गजल प्रकाशनको लागि यो साइटमा आफ्नो खाता खोल्नुस् अनि देव्रे साइडमा रहेको (रचना सम्प्रेषण गर्नुस्) भन्ने बटनमा क्लिक गर्नुस्।

नेपाली गजललार्इ स्थापित गर्ने


नेपाली गजललार्इ स्थापित गर्ने यो अभियानमा हामी पनि सगैं रहनेछैां ।

धन्यवाद, तपाईंको निरन्तर आगमन


धन्यवाद,
तपाईंको निरन्तर आगमन र सल्लाह सुझावको अपेक्षा गर्दछौं।

averything is good.


averything is good.

i m very happy that this web


i m very happy that this web help me to know about gazal. yes le majasto gazal ma bame sardai gareka harulai nikai maddat garyeko cha.

I got what i was looking for


I got what i was looking for a long time. thank u very much. pls write more as committed at the end.

no


no

khuse lagyo gajal sambandhi


khuse lagyo gajal sambandhi dhyarai kuara haru jana paya aajh yastai jankare haru pauna paeyos

It's so nice iwant to friend


It's so nice iwant to friend ship with you. im a rj of radio jagaran fm 93.6 mzh
we have take to you r gazal information. plz do not maind.
www.anubandhans.bolgspot.com

Ma radio ma Gazal Pro.


Ma radio ma Gazal Pro. Shanchalan garchu. Support Ramro cha yesko. Khushi lagyo.
Ramro Hundai janecha yei aasha cha.

gajal ta padhna ani sunna


gajal ta padhna ani sunna ramaailo lagchha ani lekhna pani man lagchha tar lekhna nai aaudain lekhnako laagi sajlo tarika ke chha ra ?

हामीले तपाईं जस्तै लुकेका


हामीले तपाईं जस्तै लुकेका प्रतिभाहरुको खोजी र गजलको पर्याप्त ज्ञान बिना पाईला चाल्न खोज्ने नव आगन्तुक स्रस्टाहरुकै निम्ति यो साइट खोलेको हौं।
तपाईंले अलिकतिमात्रै जान्ने कोसिस गर्नु भयो भने गजल लेख्ने तरिका प्रस्ट पारिएको छ।
अब राम्रो गजल लेख्ने बिचारमा हुनुहुन्छ भने आजै देखि प्रयास थाल्नुहोस्।
तपाईंले प्रयास गर्नु भयो राम्रो गजलकार बन्न सक्नु हुनेमा कुनै शंका छैन।

गजल सम्बन्धी यस्तै वेबसाइट्को


गजल सम्बन्धी यस्तै वेबसाइट्को खोजीमा थिएँ । खुशी लाग्यो । धेरै-धेरै धन्यवाद यो उपयोगी साइट्को लागि। - देवदास पाटा मगर

खुशी लाग्यो,गजल सम्बन्धी


खुशी लाग्यो,गजल सम्बन्धी ज्ञान पाएर।

मेरो गजल लेखन यात्रामा ठूलो


मेरो गजल लेखन यात्रामा ठूलो बर्णमालाको किताब । म अब बाह्रखरी पढ्छु ।

धन्यवाद , अग्रजहरूलाई ।

nice article and waiting for


nice article and waiting for rest of too.

Thanks


Thanks

प्रतिकृया लेख्नुस्
The content of this field is kept private and will not be shown publicly.

तरङ्ग भित्रको उमङ्ग

गजल

धपक्कै बलेको रुप छ
र, पनि ऊ सधैं चुप छ

नागबेली चुल्ठी छ उनको
आँखामा निलिमा कुप छ

मोहनी लाउने अधर
दाँतमा हिमानी खुप छ

छिनेको बारुली कम्मर
बाहिर सुगन्धी सुप छ

'इन्द्र'को भक्तिनी हुन् की
प्रतिमा अगाडि धुप छ ।

गजलकार: इन्द्र नारथुङे

खोज
प्रतिकृयाहरु
ट्विटरमा भर्खरै